Latest News

अभियान साहित्य कलाकार समाजले सम्मान अभिनन्दन गर्ने, को–को हुँदै छन् सम्मानित ?

Nepalese Times April 14, 2022 (1 Year ago)    552 Views

काठमाडौं ।साहित्य, कला र सँस्कृतिको जगेर्ना तथा प्रवर्ध्दन गर्ने उदेश्य लिएर स्थापना गरिएको अभियान साहित्य कलाकार समाजूले नयाँवर्षको अवसर पारेर भव्य सम्मान तथा अभिन्दन कार्यक्रम गर्ने भएको छ ।

‘बृहत् साहित्य कविता गोष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रम २०७९’ नाम दिएको उक्त समारोह यहि नवबर्ष २०७९ साल बैशाख ३ गते भक्तपुरको लोकन्थली स्थित दिब्यश्वरी पार्टी प्यालेसमा गरिने भएको छ ।

बरिष्ठ साहित्यकार तथा समाजसेवी ९२ बर्षिय भद्रकुमारी घले प्रमुख अतिथि रहने समारोहमा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, मोदनाथ प्रश्रित, राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,रोचक घिमिरे राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ११ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाको तर्फ बाट अभिनन्दन गरिने भएको छ ।

त्यसैगरि कलाकारतर्फ योगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित, साहित्यकारहरु गोबिन्द घिमिरे ‘बेदमणी’, रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फोटो पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समारोहमा सम्मान गरिने कुरा कार्यक्रम मुल आयोजक समितिका संयोजक तथा सँस्थाका सचिव, कलाकार घनश्याम गौतमले जानकारी दिए ।

अबदेखि प्रत्येक बर्ष सँस्थाले कलाकारिता, साहित्य तथा समाजसेवा मा योगदान पुर्याउने ३ जना ब्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारको हक हित र सँरक्षण तथा प्रवर्धनमा विशेष योजना ल्याएर सकृयरुमा काम गर्ने अध्यक्ष पशुपति दँगालले प्रतिवद्धता जनाए ।

भविश्यमा सबै प्रदेशहरुमा संस्थालाई बिस्तार गरि देशैभरीका साहित्यकार तथा कलाकारहरुको एउटै नेटवर्क बनाएर विभिन्न योजना तथा कार्यक्रम तयार गरिने भएको छ ।

बैशाख ३ गते गरिने बृहत साहित्य कविता गोष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रम ूमा गित गायन नृत्य तथा कविता गजलहरुको पनि प्रस्तुति रहने छ१ कार्यक्रम बैशाख ३ गते शनिबार बिहान ११ बजे देखि सुरु हुने उक्त समारोहको पूरा कार्यक्रम ‘लाईफ ओकेबाट प्रत्यक्ष प्रसारण हुने छ ।’

प्रतिक्रिया दिनुहोस