Latest News

चितवन कांग्रेसका नेताहरुलाई रेनु दाहालको फोन, गरिन् यस्तो आग्रह

Nepalese Times April 13, 2022 (1 Year ago)    1472 Views

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापतिन शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिन सहमत भएसँगै कांग्रेसभित्रको विवाद झाँगिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा भरतपुरमा पुनः एकपटक दाहाललाई नै मेयर बनाउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा तयार भएसँगै चितवन कांग्रेस रुष्ट बनेको छ ।

भरतपुर महानगरपालिकाको मेयरको साझा उम्मेदवार रेनु दाहाल बनेको खण्डमा स्वतन्त्र उम्मेदवार बनाउने चितवन कांग्रेसको तयारी छ । केन्द्रबाट आफू साझा उम्मेदवार बनेपनि महानगरपालिकामा भने कांग्रेसको साथ नपाउने देखेका मेयर दाहालले कांग्रेसका नेताहरुसँग संवाद सुरु गरेका छन् ।

उनले चितवन कांग्रेसका नेताहरुलाई फोन गरेर केन्द्रले गरेको सहमतिमा सहमत हुन आग्रह गर्दै फोनमार्फत सहयोग माग्न थालेकी चितवन कांग्रेसका एक नेताले बताए । एक नेताका अनुसार प्रचण्ड पुत्रीसमेत रहेकी रेनुले यो पटक मेयरमा तालमेल गरेर सघाएमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउँदै फोन गर्न थालेकी छिन् ।

जवाफमा चितवन कांग्रेसका नेताहरुले कुनै पनि हालतमा आफूहरुले भरतपुर महानगर छाड्न नसक्ने भनेका छन् । उनीहरुले भरतपुरमा रेनुलाई फेरि सहयोग गर्नुपर्ने अवस्था आएमा आफूहरुले विद्रोह गर्ने र स्वतन्त्र उम्मेदवारस उठाउने चेतावनी दिन थालेका छन् ।

सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा अघिल्लो निर्वाचनमा गठबन्धनका जुन दलले जहाँ जहाँ जितेका थिए, त्यो ठाउँ यसपालि पनि उसैलाई दिने सहमति भएको हो। यसले गर्दा भरतपुर महानगर स्वतः माओवादी केन्द्रले पाउने निश्चित भएपछि चितवन कांग्रेस प्रधानमन्त्री देउवासँग थप रुष्ट बनेको हो ।

यस्तै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन् ।अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको भन्दै उनले त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको बताए ।

उनले भने, ‘अनावश्यक द्वन्द्व निम्त्याएको छ । यसले सही दिशा सक्दैन । हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं । स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने रु’

काठमाडौंको एउटा कोठामा बसेर गरिएको भागबन्डाले कांग्रेस पार्टी नै समस्यामा पर्ने भन्दै उनले भने, “काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने रु जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने रु यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन ।’

उनले भने, ‘तल्लो तहबाट सिमेन्टेड गरेर जानुपर्ने र कांग्रेसको लक्ष्य र इतिहासबाट विचलित भइरहेका छौं । काठमाडौंले छानेर सम्भव हुन्छ रु महानगर छाने हुन्छ । बाहेक नगरपालिका, स्थान्ीय तहको अधिकार उहाँहरुलाई दिएको छैन ।’

आफ्नो पार्टीको आफ्नो विचार, विवेक र दृष्टिकोणलाई अनुसार अघि बढ्नुपर्ने कांग्रेस नेता भण्डारीले औंल्याए । उनले भने, “आफ्नो पार्टीभित्रै मिल्न नसक्ने अनि अरुको पार्टीसँग कसरी मिल्ने रु मिलेर जान त सकिएला तर अरुको अधिकार हनन गर्न मिल्दैन रु माथिबाट आदेशलाई निर्मूल गरेर जान लोकतन्त्र ल्याएको होइन र ?”

साथै उनले कार्यकर्तालाई सन्तुष्ट नबनाईकन गरिएको गठबन्धन सफल नहुने ठोकुवा गरे । भण्डारीले भने, ‘कांग्रेस कार्यकर्ताले ५ दलको होइन, कांग्रेसको निर्णय मान्ने हो । भरतपुरमा रेणु दाहाल त उठ्नु होला । तर भोट त कांग्रेसले हाल्नुपर्ला नि । आफ्ना कार्यकर्ताहरुलाई सन्तुष्ट नभईकन कसरी गठबन्धन सफल हुन्छ रु यस्तो कुरा शेरबहादुरजी, प्रचण्डजीलाई कसले सम्झाउने रु काठमाडौंको एउटा कोठामा बसेर गरेको बहुलट्ठी भागबन्डा मान्नुपर्छ भन्ने छैन ।’

प्रतिक्रिया दिनुहोस