Latest News

भरतपुरमा रेनु दाहाललाई भोट हाल्न नसकिने भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले दिए कडा चेतावनी

Nepalese Times April 13, 2022 (2 Year ago)    1480 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन् ।

अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको भन्दै उृनले त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको बताए ।

उनले भने, ‘अनावश्यक द्वन्द्व निम्त्याएको छ । यसले सही दिशा सक्दैन । हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं । स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने ?’

काठमाडौंको एउटा कोठामा बसेर गरिएको भागबन्डाले कांग्रेस पार्टी नै समस्यामा पर्ने भन्दै उनले भने, “काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने रु जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने ? यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन ।’

उनले भने, ंतल्लो तहबाट सिमेन्टेड गरेर जानुपर्ने र कांग्रेसको लक्ष्य र इतिहासबाट विचलित भइरहेका छौं । काठमाडौंले छानेर सम्भव हुन्छ रु महानगर छाने हुन्छ । बाहेक नगरपालिका, स्थान्ीय तहको अधिकार उहाँहरुलाई दिएको छैन ।”

आफ्नो पार्टीको आफ्नो विचार, विवेक र दृष्टिकोणलाई अनुसार अघि बढ्नुपर्ने कांग्रेस नेता भण्डारीले औंल्याए । उनले भने, “आफ्नो पार्टीभित्रै मिल्न नसक्ने अनि अरुको पार्टीसँग कसरी मिल्ने रु मिलेर जान त सकिएला तर अरुको अधिकार हनन गर्न मिल्दैन रु माथिबाट आदेशलाई निर्मूल गरेर जान लोकतन्त्र ल्याएको होइन र ?”

साथै उनले कार्यकर्तालाई सन्तुष्ट नबनाईकन गरिएको गठबन्धन सफल नहुने ठोकुवा गरे । भण्डारीले भने, “कांग्रेस कार्यकर्ताले ५ दलको होइन, कांग्रेसको निर्णय मान्ने हो । भरतपुरमा रेणु दाहाल त उठ्नु होला । तर भोट त कांग्रेसले हाल्नुपर्ला नि । आफ्ना कार्यकर्ताहरुलाई सन्तुष्ट नभईकन कसरी गठबन्धन सफल हुन्छ रु यस्तो कुरा शेरबहादुरजी, प्रचण्डजीलाई कसले सम्झाउने रु काठमाडौंको एउटा कोठामा बसेर गरेको बहुलट्ठी भागबन्डा मान्नुपर्छ भन्ने छैन ।”

प्रतिक्रिया दिनुहोस