Latest News

विप्लव नेतृत्वको नेकपाले पनि स्वतन्त्र उम्मेदवारी दिने, एमाले र माओवादीसंग चुनावी तालमेल !

Nepalese Times April 13, 2022 (2 Year ago)    570 Views

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।

तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।

‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ्नुभयो । संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न मिल्दै मिलेन’ पुनले भने, ‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् । अन्तर विरोधकै बीच विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन हुने देखिएको छ ।

यस्तैनिर्वाचन आयोगले जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्थाको रिटमा दिएको अन्तिरम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको छ।

आयोगले निर्वाचनमा सरकारी खर्चको दुरुपयोग नहोस् र पदको लाभ लिएर जनप्रतिनिधिहरुले निर्वाचन प्रभावित नपारून भनेर आचारसंहितामा यस्तो व्यवस्था राखिएकाले अन्तरिम आदेश जारी गरेर रोक्न जरुरी नहुने दाबी गरेको छ।

आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने जिकीर गरेको छ। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए। शेर्पाले चैत ७ गते आयोगको आचारसंहिता विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा सर्वोच्चले चैत ८ गते अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले उक्त आचार संहिता रोक्न आदेश गरेको थियो। उक्त आदेश विरुद्ध आयोगले महान्यायाधीवक्ता कार्यालय मार्फत भ्याकेटको निवेदन दर्ता गराएको हो।

उक्त रिटमा मंगलबार पेशी पनि रहेको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ।

प्रतिक्रिया दिनुहोस