Latest News

यस्ता छन् सत्ता गठबन्धनले तालमेलका लागि तय गरेका ७ आधार (सूचीसहित)

Nepalese Times April 12, 2022 (2 Year ago)    674 Views

काठमाडौं । सत्तारुढ पाँच दलले चुनावी तालमेलका आधार टुंगो लगाएका छन् । मंगलबार बसेको बैठकले गठबन्धनका आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलका लागि गठबन्धनका ७ आधार तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बालुवाटारमा सम्पन्न पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री कार्कीले बताए ।

स्थानीय संयन्त्रहरूलाई पठाइएका मापदण्ड अनुसार पहिलो नम्बरमा महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने भएको छ ।

यस्तै नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने सहमति भएको छ ।

यस्तै सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति जुटेको छ ।

यस्तै प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने सहमति भएको संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले बताए ।

यस्तै प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने र सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने सहमति भएको छ ।

यस्तै सत्तारुढ पाँच दलीय गठबन्धनले सुदूरपश्चिमका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको छ । मंगलबार धनगढीमा बसेको सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय बैठकले तालमेलबारे निर्णय गरेको नेकपा ९एकीकृत समाजवादी०का सुदूरपश्चिम प्रदेश कमिटि सचिव दिनेशचन्द्र सुवेदीले बताए ।

‘बैठकले सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको र भोलि पुुनः बस्ने बैठकमा सबै दलले आ–आफ्नो पार्टीको अवस्थाबारे तथ्यांक प्रस्तुुत गर्ने र सोहीअनुसार भागबण्डा टुङ्ग्याउने कुरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस