Latest News

ज्वालामुखीको अध्यक्षमा एमालेबाट दुई उम्मेदवार ‘सर्टलिष्ट’ मा, हरेराम र राजेशमध्ये कसले पाउलान् टिकट ?

Nepalese Times April 12, 2022 (2 Year ago)    972 Views

धादिङ । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको सरगर्मी देशभर बढेको छ । देशभरका पालिकाहरुमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।

नेकपा एमालेका उम्मेदवारलाई हराउनकै लागि सत्ता गठबन्धनमा रहेका दलहरुले तालमेलको निर्णय गरेका हुन् । यसअघि नेकपा एमालेको पकड क्षेत्र मानिएको धादिङको ज्वालामुखी गाउँपालिकामा एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने आम चासो रहेको छ ।

पार्टी विभाजनपछि केही नेताहरु नेकपा एकीकृत समाजवादीतिर लागेकाले ज्वालामुखीमा कस्को पल्लाभारी होला भन्ने आम चासो रहेको छ ।

यो गाउँपालिकामा अध्यक्षको दाबेदारको रुपमा ९ जनाले आफ्दो दाबी प्रस्तुत गरेका थिए । तर अहिले उनीहरुमध्ये २ जनाको मात्रै दाबी बाँकी रहेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सह–सचिव हरेराम लोहनी र ज्वालामुखी गाउँपालिका कमिटी अध्यक्ष राजेश अधिकारी सर्टलिष्टमा परेका छन् । उनीहरुमध्ये एकजनाले गाउँपालिका अध्यक्षको टिकट पाउनेछन् ।

यस्तै निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिबद्धता जनाउन छलफल पनि गरेको थियो। आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन।

आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।

यस्तै आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस