Latest News

चुनावको मुखमा ओलीले विप्लवलाई दिए यति ठूलो अफर, के गर्लान् विप्लव ?

Nepalese Times April 12, 2022 (2 Year ago)    713 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हबाट उम्मेदवार बन्न नेत्र विक्रम चन्द (विप्लव) लाई अफर गरेका छन् ।

निर्वाचन सार्ने षडयन्त्र भएको भन्दै एमाले अध्यक्ष्ँ ओलीले विप्लवलाई स्थानीय तहको चुनावमा सूर्य चिन्हबाट उम्मेदवारी दिन भनेका हुन् ।

मंगलबार नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लवलाई देखाएर चुनाव सार्ने षडयन्त्र भएको आरोप लगाएका हुन् ।

सत्ता गठबन्धन विप्लवलाई देखाएर चुनाव सार्ने खेलमा लागेको भन्दै त्यसको मतियार नबन्न विप्लवलाई आग्रह गरेका हुन् । उनले विप्लवलाई सूर्य चिह्नमा चुनाव लड्न सुझाव दिएका छन् । उनले भने, ‘दर्ता खुलेका बेलामा दर्ता नगर्ने, प्रक्रियामा सामेल नहुने ।’

विप्लवजीले चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपले लाग्नुपर्छ। होइन भने, तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् । तर तपाइँलाई जनताले इमान्दार नेताका रुपमा चिन्छन् । त्यसैले चुनाव सार्ने गठबन्धनको मतियार चाहिँ नबन्नुस्।’

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिए । उनले यो वा त्यस त्याे बहानामा चुनाव सार्न नहुने बताए ।

यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् ।

निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने, ‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’

चुनाव नभए लोकतन्त्र हार्ने उनको भनाई थियो । निर्वाचन अधिकृतहरु नियुक्त भएर कार्यालय स्थापनाको तयारीमा रहेको समेत बताए ।

चुनावमा आचारसंहिता कडाईका साथ लागू गर्ने बताए । उनले भने,‘मनी, मसल्स र मिडियाले जस्तोसुकै निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम छ, यो स्थापित हुने हो कि भनेर आचारसंहिता लागू गरेका छौं ।’ निर्वाचनबारे भ्रम फैलाउन सामाजिक सञ्जालको दुरुपयोगतर्फ पनि ध्यान दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस