Latest News

जसपा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

Nepalese Times April 12, 2022 (1 Year ago)    677 Views

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीसहितका नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे ।

अध्यक्ष चौधरी जसपाका केन्द्रीय सदस्य समेत हुन् । उनीसहित जसपा, एमाले र कांग्रेस पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

‘जनयुद्ध’मै समाहित भएर २०६४ को निर्वाचनमा उनले माओवादीको तर्फबाट कैलालीमा चुनाव समेत जितेका थिए। पछि उनी माओवादीबाट अलग्गिदै हाल जसपामा थिए।

पार्टीमा भित्र्याउँदै प्रचण्डले भने, ‘कृष्णकुमार चौधरी कुन्दन मलाई मन पर्ने र भर पर्ने नाम थियो जनयुद्धमा। शान्ति प्रक्रियामा आएपछि २०६४ को चुनावमा अत्यधिक बहुमतले जित्नुभयो। उहाँ मूल पार्टीबाट अलग्गिदा चाहिँ दु:ख लाग्या थियो। नयाँ अनुभव र अनुभूतिसहित फर्किनुभयो।’

प्रतिक्रिया दिनुहोस