Latest News

फेरि राजनीतिका कारण चर्चामा गायक पशुपति शर्मा, गठबन्धनमाथि खनिए

Nepalese Times April 12, 2022 (1 Year ago)    607 Views

काठमाडौं– गायक पशुपति शर्मा सामाजिक तथा राजनीतिक विषयमा बेला बेला आफ्नो सिर्जनामार्फत् पनि बोलिरहेका हुन्छन्। उनले गाएको‘लुटन सके लुट कान्छा’ बोलको गीतले केही समयअघि राजनीतिक वृतमै निकै चर्चा पाएको थियो।

चर्चित लोक गायक पशुपति शर्माले आगामी स्थानीय तह निर्वाचनका लागि बनेको गठबन्धनलाई दह्रो कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गठबन्धनको ध्याउन्न सत्ताका लागि मात्रै भएको बताएका छन्।

शर्माले स्थानीय तहको चुनाव नजिकिदैं जाँदा देशका राजनीति पार्टीहरुमा देखिएको प्रवृत्तिलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले राजनीतिक पार्टीहरुको गठबन्धनको विषयलाई लिएर ‘लाज पचेका’हरुले मात्रै गठबन्धन गर्ने तर्क अघि सारेका छन्।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘लाज पचेकाहरुले हो गठबन्धन गर्ने। सिद्धान्त मिल्नु छैन, विचार मिल्नु छैन्, चुनावी घोषणापत्र आफ्ना आफ्ना छन्, के हो यो गठबन्छन्?’

शर्माले राजनीतिक पार्टीहरुले आफैंमाथि विश्वास नभएको अवस्थामा जनताको विश्वास कसरी जित्ने भन्ने पनि प्रश्न गरेका छन्। उनी लेख्छन्, ‘आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौं? कार्यकर्ता र जनता कति भेडा हुन्छौं सोच्ने बेला भयो अब।’

प्रतिक्रिया दिनुहोस