Latest News

बाबुराम भट्टराईलाई दोष दिँदै नयाँ शक्ति पार्टी विघटन (विज्ञप्तिसहित)

Nepalese Times April 12, 2022 (11 Month ago)    515 Views

हाल जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते गठित नयाँ शक्ति पार्टी उनैलाई दोष दिँदै विघटन गरिएको छ।

संयोजक रवि किरण हमालले विज्ञप्ति जारी गरी पार्टी गठनका बेला उर्लिएको जनलहर, विश्वास र आबद्धतालाई जोगाउन नसकिएको भन्दै नयाँ शक्ति पार्टी विघटन गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘यसको प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराईलाई केही अंश छाड्दै म स्वयं आफैं लिन चाहन्छु।’

डा. भट्टराई नयाँ शक्ति पार्टीका बहुमत सदस्यका साथ तत्कालीन संघीय समाजवादी फोरममा सामेल भएका थिए। तर हमालले नयाँ शक्ति पार्टीका नाममा गतिविधि जारी राखेका थिए।

प्रतिक्रिया दिनुहोस