Latest News

चुनाव सार्न लागेको हो ? माधव नेपालले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 11, 2022 (2 Year ago)    539 Views

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका छन् ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थितिमा पुगेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । चन्द समूह स्वागत छ ।

विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’

संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे ।

‘ओली सरकारले संविधान खान खोज्यो, लोकतन्त्र सिध्याउन खोज्यो, संघीयता मास्न खोज्यो र सुशासनलाई समाप्त गरेर कुशासनमा देशलाई चुर्लुम्म डुबाउन खोजेका कारणले गठबन्धन आवश्यक परेको हो,’ उनले भने, ‘अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ । त्यो ओली नेतृत्वको सरकारका कारणले हो’

प्रतिक्रिया दिनुहोस