Latest News

यीनै हुन् गोली बोकेर जापान जान लागेकी नेपाली युवती, यसरी परिन् प्रहरीको फन्दामा

Nepalese Times April 11, 2022 (1 Year ago)    825 Views

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित समातिएकी छिन् ।

नेपाल एयरलाइन्सको उडानमार्फत सोमबार काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी उनलाई प्रहरीले विमानस्थलबाट गोलीसहित समातेको छ ।

तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली गोलीसहित त्रिभुवन विमानस्थलबाट समातिएकी हुन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र एक राउण्ड गोली फेला परेको हो ।

प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जनाएको छ ।

यस्तै कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका ६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित एकजना समातिएका छन् । दार्चुला मार्मा गाउँपालिका २ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले समातेको प्रहरीले जनाएको छ ।

से. ४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस