Latest News

गभर्नर अधिकारी निलम्बनमा पर्नुको कारणबारे प्रधानमन्त्री देउवाले दिए यस्तो स्पष्टीकरण

Nepalese Times April 11, 2022 (2 Year ago)    792 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन् । उनले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका हुन् ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले ‘अर्थमन्त्रीजी आफूलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भनेको भन्दै यस्तो बेलामा गभर्नरले सहयोग गर्नुपर्ने बताए ।

सोमबारको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकपति स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न अपिल जारी भएको छ । प्रधानमन्त्रमी निवास बालुवाटारमा बैठक बसेलगत्तै शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो ।

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्तिमार्फत नेताहरुको अपिल छ ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस