Latest News

बैठक सकिएलगत्तै सत्ता गठबन्धनका शीर्ष नेताले जारी गरे यस्तो अपिल

Nepalese Times April 11, 2022 (2 Year ago)    772 Views

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न अपिल जारी गरेका छन् ।

प्रधानमन्त्रमी निवास बालुवाटारमा बैठक बसेलगत्तै शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो ।

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्तिमार्फत नेताहरुको अपिल छ ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस