Latest News

सत्ता गठबन्धनको बैठक सकियो, के–के भयो महत्वपूर्ण निर्णय ?

Nepalese Times April 10, 2022 (2 Year ago)    1382 Views

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा कसरी सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आउँदो स्थानीय तहको निर्वाचनमा कसरी सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको संचार तथा सूचना प्रविधिसभेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार भोली सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । त्यो बैठकले थप निर्णय गरेर कसरी अघि बढ्ने भन्नेको निचोड निक्लनेछ ।

भोलीको बैठकमा तालमेलको मोडालिटीबारे पनि छलफल हुने मन्त्री कार्कीले बताए । यस्तै आजको बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरुमाथि पनि छलफल भएको मन्त्री कार्कीले बताए ।

यस्तै जुम्लामा कार्यकर्ताहरूको चर्को असन्तुष्टिका बीच सत्ता गठबन्धन दलहरुले पालिकादेखि वडा स्तरसम्म तालमेल गर्ने सहमति गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पालिकादेखि वडा स्तरसम्म तालमेल गर्ने सहमति गरेका हुन् ।

तीनै दलले संयुक्त विज्ञप्ति निकालेर तालमेल गर्ने विषयमा ध्यान केन्द्रित गर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

यस्तै कैलालीमा नेकपा एमालले जितेका पालिकामा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा भएको पाँचदलीय गठबन्धनको बैठकमा समाजवादीले यस्तो दाबी गरेको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादी ९एस० पार्टीले पाँचवटा स्थानीय तहमा आफ्नो दाबी गरेको छ । एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको हो । यी पालिकामा ०७४ मा नेकपा एमालेले जितेको थियो ।

नेकपा माओवादी केन्द्रले कांग्रेसको माग दाबीका आधारमा आफूले स्थानीय तहमा दाबी गर्ने जनाएको छ । यद्यपि, माओवादी केन्द्रले ०७४ सालमा विजयी भएका दुई स्थानीय तह नछाड्ने बताएको छ । ०७४ सालको निर्वाचनमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस