Latest News

मुकुन्द घिमिरेले पनि गरे उम्मेदवारी घोषणा (पत्रसहित)

Nepalese Times April 10, 2022 (2 Year ago)    541 Views

काठमाडौं । मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आज उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

‘मदन भण्डारीलाई गिरिजाबाबुले उठाए जसरी मलाई सूर्य चिन्हबाट उठाइयोस्,’ मुकुन्देले भने, ‘सूर्य चिन्ह नदिए अर्को ठूलो दल खोज्ने नभए स्वतन्त्र भए पनि उठ्ने हो ।’

हृदयश त्रिपाठी र कमल थापाले समेत सूर्य चिन्ह आशा राखेको तर्क गदै आफूले पनि त्यही आशा राखेको सुनाए । काठमाडौं ४ देशकै नम्बर एक क्षेत्र भएको तर्क गर्दै भने,‘मदन भण्डारी, विद्यादेवी भण्डारी जितेको क्षेत्र हो । सुप्रभा घिमिरे दिदी रोएको क्षेत्र हो ।’

आफू मदन भण्डारीको बिरासत थाम्नका लागि काठमाडौं ४ मा अगाडि बढ्ने निर्णयमा पुगेको सुनाए । चुनावमा गगन थापाविरुद्ध उठ्ने निर्णय हो भन्ने प्रश्नमा उनले भने,‘को को ठक्कर लाग्छन् बेग्ले कुरा हो ।’

काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ रहेको र आफू हिन्दू राष्ट्रको एजेन्डामा रहेको समेत सुनाए । आफ्नो मुख्य एजेन्डा मुकुन्दल्यान्ड बनाउने नै रहेको उनको भनाई थियो ।

उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिए ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

काठमाडौं(४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ ।

तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए । विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस