Latest News

भरतपुर महानगरको मेयरमा एमालेले गर्यो उम्मेदवारी घोषणा, को हुन् सुवेदी ?

Nepalese Times April 10, 2022 (2 Year ago)    1005 Views

काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छ । नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने घोषणा भएको हो ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतले जनाएको छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गर्ने भरतपुर महानगर कमिटीका एक पदाधिकारीले बताए ।

सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने तयारी छ ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका(१२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन्।

त्यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस