Latest News

१०० महिलासहित भारी संख्यामा नेपाली कामदार माग, मासिक तलब कति ?

Nepalese Times April 10, 2022 (2 Year ago)    833 Views

काठमाडौं । दुवाईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । berkeley security services and building cleaning कम्पनीले २५० जना पुरुष र १०० जना महिला गरी जम्मा ३५० जना कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब २६ हजार बढी पाउनेछ । इच्छुक कामदारले सन लाईट ह्युमन रिर्सोस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ९ गते अन्तरवार्ता दिनुपर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस