Latest News

अर्थमन्त्री शर्मालाई सुरेन्द्र पाण्डेले लगाए गम्भीर आरोप

Nepalese Times April 10, 2022 (2 Year ago)    592 Views

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। नेपालमा विदेशबाट अवैधरुपमा भित्रिएको पैसा छुटाउन खोजेको भन्दै उनले अर्थमन्त्री शर्माले जेलै जाने अपराध गरेको दाबी गरेका हुन्।

‘अर्थमन्त्रीले गरेको काम अपराध नै हो। यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्दिनुपर्ने हो’, पाण्डेले भने, ‘अर्थमन्त्रीले किन राष्ट्र बैंकलाई पत्र लेखेको हो?’अर्थतन्त्रको चिन्ता जाहेर गर्ने गभर्नरलाई सरकारले निलम्बन गरेको पनि उनको आरोप छ।

यो सरकारले वैदेशिक मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा कडाइ गर्न खोज्ने गभर्नरलाई हटाएको पनि उनले बताए। पाण्डेले वैदेशिक मुद्रामा चाप आएपछि अर्थमन्त्री र अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेको दाबी गरे।

कपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। नेपालमा विदेशबाट अवैधरुपमा भित्रिएको पैसा छुटाउन खोजेको भन्दै उनले अर्थमन्त्री शर्माले जेलै जाने अपराध गरेको दाबी गरेका हुन्।

‘अर्थमन्त्रीले गरेको काम अपराध नै हो। यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्दिनुपर्ने हो’, पाण्डेले भने, ‘अर्थमन्त्रीले किन राष्ट्र बैंकलाई पत्र लेखेको हो?’अर्थतन्त्रको चिन्ता जाहेर गर्ने गभर्नरलाई सरकारले निलम्बन गरेको पनि उनको आरोप छ।

यो सरकारले वैदेशिक मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा कडाइ गर्न खोज्ने गभर्नरलाई हटाएको पनि उनले बताए। पाण्डेले वैदेशिक मुद्रामा चाप आएपछि अर्थमन्त्री र अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस