Latest News

कहिलेदेखि खुल्छ रोकिएको सवारी लाइसेन्सको नयाँ आवेदन ?

Nepalese Times April 10, 2022 (11 Month ago)    427 Views

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने भएको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको भन्दै यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। नयाँ लाइसेन्सका लागि फाराम भर्नेको संख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो। वैशाखभरमा पुराना सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ।

जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको विभागले जनाएको छ।

कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप अत्यन्तै बढेको थियो। कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस