Latest News

प्रधानमन्त्री खान पदमुक्त

Nepalese Times April 10, 2022 (2 Year ago)    772 Views

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका छन् ।

गएराति भएको मतदानमा उनले विश्वासको मत पाउन नसकेका हुन् । विपक्षी दलहरुले निर्वतमान प्रधानमन्त्री खानबिरुद्ध केहीदिन अघि अविश्वासको प्रस्ताव ल्याएका थिए ।

पाकिस्तानको संसदमा रहेका ३ सय ४२ सदस्य रहेका छन् । जमास खनबिरुद्धको प्रस्तावको पक्षमा एक १७४ सदस्यले मत दिएका छन् । यो संख्इा बहुमत संख्या हो । यो सँगै खान पदमुक्त भएका छन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन् ।

संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलिनै संसदको अर्को बैठक बस्ने र नयाँ प्रधानमन्त्रीका लागि मतदान हुने जनाइएको छ ।

यसअघि खानले संसद विघटनसमेत गराएका थिए । तर पाकिस्तानको सर्वोच्च अदालतले यसलाई बदर गरिदिएको थियो ।

अबको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफको सम्भावना बलियो भएको चर्चा भइरहेको छ । विभिन्न कारणहरु देखाउदै पाकिस्तानी जनताहरुले खानको पछिल्लो नेतृत्व दक्षतामाथि आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस