Latest News

गठबन्धनबाट बाहिरिएको जसपाको औपचारिक घोषणा, कारण यस्तो

Nepalese Times April 10, 2022 (2 Year ago)    811 Views

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो ।

तर, जसपालाई आउट गर्दै अन्य सहयात्री दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए ।

चौधरीले सुदूरपश्चिममा कुनै गठबन्धन नहुने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्षम रहेको दाबी गरेको छ । यस्तै आवश्यकताअनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्न जसपा तयार रहेको चौधरीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका १४, नेकपा ९माओवादी केन्द्र० का १३, नेपाली कांग्रेसका १२, नेकपा ९एमाले०का १० र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस