Latest News

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई दिए यस्तो निर्देशन

Nepalese Times April 9, 2022 (2 Year ago)    479 Views

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई अरिङ्गालकोरुपमा परिचालन हुनसमेत निर्देशन दि छन्।

ओलीले जनताका अधिकार खोसेर आफन्तलाई पोस्नका लागि पाँच दलिय गठबन्धन बनेको बताएका छन्। उनले देउवा, प्रचण्ड र माधव नेपालले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त गरिरहेको भन्दै आफन्तलाई पोस्न अदालतमार्फत आफ्नो सरकारलाई बिस्थापित गरिएको बताए।

गैरसांसदलाई मन्त्री बनाउने, आफ्नै भाइलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र राजदूतमा आफ्नो मान्छे सिफारीस गर्ने, भ्रष्टाचार गर्न पाईदैंन भनेर गभर्नरलाई निलम्बित गर्ने जस्ता कार्यहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। यो गठबन्धन मुलुक निर्माणका लागि बनेकै होईन उनले भने–‘मिलिजुलि खानका लागि बनेको हो।’अध्यक्ष ओलीले नेकपा एमाले सरकारले गरेको विकास निर्माणलाई देखेर बिरोधी तत्वहरु अत्तालिएकोसमेत बताए।

ओलीले आफ्नो कार्यकालमा तुईन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायत अनेक स्वरोजगार र कृषिको आधुनिकिकरण, सघन शहरी विकास, डिजिटल नेपाललगायतका कार्यक्रमहरु संचालन गरेको बताउँदै नेकपा एमालेको विकास देखेर विरोधीहरु छटपटाइरहेको बताए।

उनले कोभिडका कारण आफ्नो कार्यकालमा रेल संचालन गर्न नसकिएको बताउँदै आफ्नो पालामा बनेको रेल केही दिन अघि शेरबहादुर देउवाले दिल्लीमा गएर उद्घाटन गरेकोले आफूले धन्यवाद दिएको बताए।

प्रतिक्रिया दिनुहोस