Latest News

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

Nepalese Times April 9, 2022 (2 Year ago)    800 Views

सरकारले रामनवमी पर्वका लागि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो।

यस्तै सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।

बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने समेत निर्णय गरेको छ । त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस