Latest News

सरकारले गभर्नर निलम्बन गरेपछि ओलीले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 9, 2022 (2 Year ago)    700 Views

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन्।

शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा संकेत गर्दै उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै व्यङ्ग्य गरे। ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ। ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निस्काशन, निलम्बन गरियो।’ ओलीले भने।

माओवादी भनेर चिनिएको मान्छेलाई पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको बताएका छन् । ‘माओवादीले नियुक्त गरेको, माओवादी भनेर चिनिएको न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन बनाइयो ।’ उनले भने,‘अहिले हामीलाई थाहा छ न्यायालय कस्तो छ भनेर ? म धेरै भन्न चाहन्न ।’

उनले देशमा नातावादको बहस चलिरहेको समयमा पुष्पकमल दाहालका भाई नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभा सभा सदस्यमा नियुक्त गरिएको बताए। शरिरमा गोली बोकेर हिँडिरहेका, आन्दोलनमा घाइते, अपाङ्ग भएका, शहिद परिवार छन् उनीहरुलाई छाडेर आफ्नै भाइलाई प्रचण्डले राष्ट्रिय सभा सदस्य बनाएको उनको भनाई छ। देश बनाउने कुरा उनीहरुसँग नभएको बताए।

प्रतिक्रिया दिनुहोस