Latest News

काठमाडौँसहित कहाँ-कहाँ हुँदैछ वर्षा ?

Nepalese Times April 9, 2022 (2 Year ago)    651 Views

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ।

काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । यस्तै गण्डकी प्रदेशमा पनि बिहानदेखि पानी परिरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ ।

प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

आइतबार प्रदेश नं १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली , बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस