Latest News

माओवादी केन्द्रकी नेतृ भुसालसहित २५० जना एमाले प्रवेश, प्रचण्डलाई तनाव

Nepalese Times April 8, 2022 (2 Year ago)    934 Views

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेशको क्रम जारी छ । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ मञ्जु भुसाल एमाले प्रवेश गरेकी छन् ।

भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन् । तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन् ।

निर्माण व्यवसायमा संलग्न भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले एमालेमा स्वागत गरेका छन् ।

नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

टवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ भुसाल नेकपा एमालेमा प्रवेश गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ ।

यस्तै धनुषामा माओवादी केन्द्रबाट निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै पार्टी परित्य र प्रवेशको लहर चलेको छ । त्यसै क्रममा धनुषाका दुई वटा नगरपालिकाका उपमेयर एमालले प्रवेश गरेका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाका उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यादव र मण्डललाई पार्टीमा प्रवेश गराएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्रबाट वडाअध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थापा एक कार्यक्रममार्फत उनी एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेल पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस