Latest News

सुपमा एकीकृत समाजवादीका मन्त्री हेरफेर, कसले कुन मन्त्रालय पाए ?

Nepalese Times April 8, 2022 (2 Year ago)    641 Views

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेसका मन्त्रीहरुका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् । हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी बाहेक अरु मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ ।

आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनेछन् ।

एकीकृत समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा फिर्ता बोलाएको छ । उनको स्थानमा समाजवदीकै प्रकाश रावल जानेछन् । राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता हुनेछन् । उनको स्थानमा नयाँ राज्यमन्त्री पठाइनेछ ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।

गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन ।

नेपाल टर्कीबाट फर्किएपछि मंगलबार बसेको बैठकमा सुदूरपश्चिममा काँग्रेसलाई सरकारमा सहभागी गराउने विषयमाथि छलफल भएको थियो ।

काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस