Latest News

बारको चुनावमा सत्तारुढ गठबन्धनको क्लिन स्वीप, एमाले निकट सबै उम्मेदवार पराजित

Nepalese Times April 8, 2022 (2 Year ago)    948 Views

काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयी हाँसिल गरेका हुन् ।

घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन् ।

त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।
२५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

मत परिणाम भने केही बेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धी एमाले निकट वकिलको समूहलाई तोब्बरभन्दा बढी मतले जीत हासिल गरेका हुन् ।

बारको तीन वर्षे कार्यकालसहितको कार्यसमितिमा २५ जना हुन्छन् । बारको निर्वाचनमा एक अध्यक्षमा ८, उपाध्यक्षमा ८ पदका लागि २१, एक महासचिवका लागि ७, एक कोषाध्यक्षका लागि ३, विभिन्न कलस्टरका ८ सदस्यका लागि १९ र खुला ६ सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस