Latest News

मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय ? (पूर्णपाठसहित)

Nepalese Times April 8, 2022 (2 Year ago)    666 Views

सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।

उनले नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । प्रतिस्पर्धाद्वारा उपयुक्त भएर उनलाई नियुक्त गरिएको कार्कीले बताए ।

बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत नियुक्त गर्ने निर्णय भएको पनि कार्कीले बताए । यसैगरी मन्त्रिपरिषद् बैठकले पश्चिम सेती करिडोर आयोजनका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने, श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनरगर, ओखलढुंगाका इजलासका न्यायाधीश वाशुदेव आचार्यलाई नियुक्त गर्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्षमा रवि शर्मा अर्याललाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

यसैगरी सैनिक विशेष अदालतको अध्यक्षमा महेश प्रसाद पुडासैनीलाई तोक्ने लगायतका निर्णय पनि भएका छन् ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ती तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फ जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस