Latest News

२० देशका लागि राजदूत सिफारिस, कुन देशमा को भए नियुक्त ?

Nepalese Times April 7, 2022 (11 Month ago)    622 Views

सरकारले विभिन्न २० देशमा राजदूत नियुक्त गर्न सिफरिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो।

चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन्। सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।

यी हुन् सिफारिस राजदूतहरु विष्णुपुकार श्रेष्ठ– चीन, दान बहादुर तामाङ–दक्षिण अफ्रिका,शर्मिला पराजुली ढकाल– स्पेन
, वाशुदेव मिश्र– श्रीलंका, मिलन तुलाधार– रसिया, कैलाश पोखरेल– अष्टेलिया, डिल्लीराज पौडेल– मलेसिया, शान्ता रिजाल– इजरायल,
ज्योति प्याकुरेल– दक्षिण कोरिया, प्रा डा रामशुरज राय यादव– डेनमार्क, नवराज सुवेदी– साउदी अरव, नरेश विक्रम ढकाल रहेका छन्।

राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।

प्रतिक्रिया दिनुहोस