Latest News

बारको चुनावः ३३ केन्द्रको मतगणना सकियो, अहिलेसम्म कसको कति मत ल्याए ?

Nepalese Times April 7, 2022 (2 Year ago)    647 Views

काठमाडौं । नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा अहिलेसम्म ३३ केन्द्रको गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता बनाएका छन् ।

उनले दुई हजार २१५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन् ।

हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले बताए । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता कायम छ ।

महासचिवमा अञ्जिता खनालले एक हजार ९५१मत ल्याउनुभएकामा उनका प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा भरतबहादुर राउतले दुई हजार १५१मत ल्याएकोमा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गरेका छन् ।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिए ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकामा सात हजार ४२९ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस