Latest News

मन्त्री बडूले सम्हाले नयाँ मन्त्रालय

Nepalese Times April 7, 2022 (2 Year ago)    1019 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् ।

यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताए ।

यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

यस्तै अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चुनावको मुखमै मन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् । मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् ।

उनले यसअघि गत फागुन १६ गते संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट गरेका थिए।

गैर सांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन्। एकीकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुसालले गठबन्धनको साझा प्रस्तावमै बन्दीलाई मन्त्री बनाउन लागिएको हो।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्री बनाउने प्रस्ताव गरेका थिए। यस्तै मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाचारमा दिउँसो ४ बजेका लागि बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ । स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ ।

निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस