Latest News

अधिवक्ता गोविन्द बन्दी कानुन मन्त्री नियुक्त, बडुलाई कुन मन्त्रालय ?

Nepalese Times April 7, 2022 (11 Month ago)    930 Views

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चुनावको मुखमै मन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् । मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् ।

उनले यसअघि गत फागुन १६ गते संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट गरेका थिए।

गैर सांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन्। एकीकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुसालले गठबन्धनको साझा प्रस्तावमै बन्दीलाई मन्त्री बनाउन लागिएको हो।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्री बनाउने प्रस्ताव गरेका थिए। यस्तै यस्तै वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्रालयमा लैजाने तयारी भएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाचारमा दिउँसो ४ बजेका लागि बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ । स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ ।

निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस