Latest News

भरतपुरमा माओवादीलाई समर्थन गरे कांग्रेस पूर्वसभापतिले बागी उम्मेदवारी दिने, गरे यस्तो तयारी

Nepalese Times April 7, 2022 (2 Year ago)    890 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट को उम्मेदवारी बन्ने भन्ने विषय अहिले प्रतिष्ठाको विषय बनेको छ ।

चितवन कांग्रेसले भरतपुर महानगरपालिका यो पटक आफूहरुले पाउनुपर्ने औपचारिक निर्णय नै गरिसकेको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएर लगाएको पर्म यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन् ।

नेकपा माओवादीले पनि यो पटक पनि आफूहरुको उम्मेदवारी रहने बताउँदै आएको छ । भरतपुरमा माओवादी नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले यो पटक पनि माओवादीले नेतृत्व पाउनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।

पार्टी केन्द्रले माओवादीलाई मेयरमा समर्थन गरे जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने कांग्रेस चितवनका पूर्वसभापति एवम् कांग्रेस चितवनका ‘टावर’ भनेर चिनिने कृष्णलाल सापकोटाले बताए ।

उनले भने, ‘यसपटक कुनै पनि हालतमा माओवादीलाई बोक्न हुँदैन, युवाहरू विद्रोह गर, पार्टी बचाउनुपर्छ, यदि तिमीहरू सक्दैनौं भने म मैदानमा उत्रिन्छु मलाई साथ देउ ।’

पार्टी भित्र सधैं ‘विद्रोही नेताको पर्याय’ बनाएका नेता सापकोटालाई जिल्लाका नेताले समेत आफूलाई मन लागेका तर बोल्ने नसकेको कुरा सापकोटाले बोलिदिए हुन्थ्यो भन्ने चाह राख्छन् ।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयीकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरू निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२र४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन विरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गरे आफूले मेयरमा उम्मेदवारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस