Latest News

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णयको तयारी

Nepalese Times April 7, 2022 (2 Year ago)    709 Views

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाचारमा दिउँसो ४ बजेका लागि बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ । स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ ।

निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।

यस्तै यसअघिको मन्त्रिपरिषद् बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको थियो ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै बैठकले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस