Latest News

गठबन्धनले रामकुमारी झाक्रीलाई दियो गम्भीर धोका, हुने भयो बेहाल !

Nepalese Times April 7, 2022 (2 Year ago)    721 Views

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा उनी आवद्ध दल नेकपा एकीकृत समाजवादीको भागमा कुनै पालिका नपरेपछि एसलाई अन्य दलहरुले धोका दिएको आरोप लाग्न थालेको हो ।

सत्ता गठबन्धनमा रहेका पाँच दल स्थानीय तह निर्वाचनका लागि बुधबार बुटवलमा गरेको भागबण्डामा उनको पार्टीलाई आगामी स्थानीय तह निर्वाचनमा कुनै पनि पालिका भागमा नपरेको हो।

मंगलबार र बुधबार गुल्मी सदरमुकाम तम्घास र बुटवलमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गुल्मीमा जिल्लास्तरीय र बुटवलमा प्रदेशस्तरीय गठबन्धन संयन्त्रको बैठक बसेको थियो। बुधबार बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले गुल्मीका १२ पालिकाको भागबण्डा मिलाएका हुन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालका अनुसार गुल्मीका १२ पालिकामध्ये ८ नेपाली कांग्रेस र ४ माओवादी केन्द्रले लिने सहमति भएको छ।

सहमतिअनुसार कांग्रेसको भागमा परेका ८ मध्ये एक पालिका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिइने उनले बताए। तर कांग्रेसका नेताले भने त्यसलाई नकारेका छन्।

कांग्रेस सभापति खिलध्वज पन्थीले पनि सत्ता गठबन्धनले पालिकाहरुको भागबण्डा टुंग्याएको पुष्टि गरे। तर उनले समाजवादीलाई पालिका नभइ सम्मानजक कुनै स्थान दिने सहमति भएको बताएका छन्।

बैठकले एकीकृत समाजवादीको बलियो उपस्थिति भएको पालिका कांग्रेसले छाड्ने सहमति दलहरुबीच भएको बरालले बताए। तर पन्थीले भने कांग्रेसले आठै पालिका लिने बताउँदै समाजवादीलाई कुनै सम्मानजनक हैसियत दिने बताएका छन्। गुल्मीमा १० वटा गाउँपालिका र २ वटा नगरपालिका छन्। त्यहाँ अब गठबन्धनसँग एमाले एक्लैले भिड्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस