Latest News

काठमाडौंसहित प्रभावित क्षेत्रमा फेरि लकडाउन गर्ने तयारी, कारण यस्तो

Nepalese Times April 7, 2022 (2 Year ago)    3395 Views

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी निकायले दावी गरेको छ । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा रामनन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर जाँदै गरेको जिकिर गरे ।

उनका अनुसार गत माघदेखि देशका विभिन्न स्थानमा बर्डफ्लु बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की, काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको छ ।

कुखुरापालन हुने मुख्य शहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ ।

पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउनमा जानुको विकल्प नभएको पनि तिवारीले बताए ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रश्न उठाएका थिए । उनले भने, ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ । त्यो कस्तो हो ? स्पष्ट पार्न अनुरोध छ ।’

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागको अनुगमन फितलो भएको जानकारी दिंदै भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखिएको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचिरहेको बताए ।

पोल्ट्री विज्ञ डा।उमेश दाहालले कुनै पनि व्यवसायीले अहिले आफ्नो कुखुरा मरेको छैन भनेर अछुतो नबन सल्लाह दिए । भोलीका दिनमा यस्तै अवस्था आए कुनै पनि कुखुरा नरहनसक्ने स्थिति छ भन्दै उनले खाली सल्लाह मात्र नगर्न चाँडै एक्सनमा उत्रिन विभागलाई आग्रह गरे ।

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव थियो ।

पशु चिकित्सक डा।मोदनाथ गौतमले आफूले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि सुनुवाई नभएको बताए । पूर्वतयारीमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गरेर विभागमा आउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस