Latest News

हास्य कलाकार कमल मैनालीले नयाँ सिरियल लिएर आउने

Nepalese Times April 7, 2022 (1 Year ago)    1237 Views

काठमाडौं । बरिष्ठ हास्य कलाकार कमल मैनालीले नयाँ सिरियल लिएर आउने भएका छन् । नयाँ बर्षकाे अवसर पसरेर कलाकार मैनालीले सामाजिक सिरियल लिएर आउने घोषणा गरेका हुन् ।

पछिल्लाे समय “टेन टु फाइभ” डन्ट माईन्ड जस्ता हास्य ब्यङ्ग सिरियल निर्देशन सँगसँगै अभिनय गर्दै आएका  मैनाली अब भने बिसुद्ध सामाजिक सिरियल लिएर आउने भएका हुन् ।

अहिले कथा र स्क्रिप्टकाे काम भइरहेकाे छ । नयाँ पुराना सबै कलाकारलाई आफ्नो सिरियलमा राख्ने र अलि फरक शैलिमा निर्माण गर्ने मैनालीकाे याेजना छ ।

केही राष्ट्रिय टेलिभिजनसँग कुरा भईरहेकाे र यु ट्युब अधिकार आफ्नै च्यानलमा राख्ने उनले घाेषणा गरिसकेका छन् । अहिले युट्युबमा आउने थुप्रै सिरियलले दर्शकको राम्राे साथ पाएका छन् भने कमाई पनि लाेभलाग्दाे छ ।

युट्युबमा सिरियल चलाएरै महिनाकाे ५ देखि ७ लाख कमाउने गरेकाे कलाकारले खुलासा गरेका छन् । त्यसका केही उदाहरणमा भुन्टि, कान्छी, बुहारी, गाराे छ लगायात सिरियलहरु छन् ।

अहिले कमेडि सिरियल भन्दा सामाजिक सिरियलहरुकाे भ्युज राम्राे रहेकाे छ । कलाकार मैनाली पनि आफैं एउटा युट्युब च्यानल खाेलेर सिरियल र भिडियाेहरु निर्माण गरि निरन्तर कलाकारितामा सकृय हुने ईच्छा राखेका छन् । सिरियलकाे नाम र कलाकारकाे नाम पत्रकार सम्मेलन गरि जानकारि दिने उनले बताएका छन्

प्रतिक्रिया दिनुहोस