Latest News

आज कहाँ-कहाँ पर्दैछ पानी ?

Nepalese Times April 7, 2022 (1 Year ago)    486 Views

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस