Latest News

चुनावी तालमेल गर्न बसेको गठबन्धन बैठक सकियो, के-के भयो निर्णय ?

Nepalese Times April 6, 2022 (2 Year ago)    797 Views

पाँच दलिय गठबन्धनले बनाएको चुनाव केन्द्रीत तयारी तथा अनुगमन समितिको बैठक सकिएको छ । कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तागठबन्धनले चुनाव केन्द्रीत समिति गठन गरेको थियो ।

सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।  बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।

एक नेताका अनुसार धेरैजसो जिल्लामा छलफल भएको छ, कतिपयमा छलफल भएको छैन । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।

बुधबारको बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।

समितिमा कांग्रेसको तर्फबाट पौडेलसहित सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की, महामन्त्री गगन थापा, माओवादीका तर्फबाट वर्षमान पुन, देव गुरुङ, एकिकृत समाजवादीबाट बेदुराम भुसाल, विजय पौडेल जसपबाट अशोक राई, रेणु यादवर जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस