Latest News

माओवादीले भरतपुरको मेयर नछाड्ने, चितवन पुगेर प्रचण्डले छोरी रेणुको प्रशंशा गर्दै के भने ?

Nepalese Times April 6, 2022 (2 Year ago)    521 Views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई पुनः मेयरको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् । आज भरतपुरमा आयोजित भूमिहीन दलितहरुलाई लालपूर्जा समेत वितरण गरेर प्रचण्डले चुनावी माहोल आफू र छोरी रेनुको पक्षमा पार्ने रणनीति समेत चालेको देखियो । उनले रेनुको खुलेर प्रशंशा गरे ।

रेनुको कामले अब प्रचण्डकी छोरी भन्ने भन्दा पनि आफूलाई रेनुको बुवा भन्ने अवस्था आएको टिप्पणी गरे । उनले त्यसप्रति गर्व लागेको समेत बताए ।

प्रचण्डले भने, ‘पहिले निर्वाचनमा रेणु यहाँ आउँदा प्रचण्डको छोरी भन्थे । अहिले आउँदा प्रचण्डकी छोरी होइन, रेनुको बुवा प्रचण्ड भएको छ ।’ रेनुको राजनीतिमा आफ्नै त्याग तपस्या रहेको र मिहेनतले यहाँसम्म आएको तर्क गरे ।

प्रचण्डले बढभन्दा बढी पालिकाहरुमा महिलालाई प्रमुख बनाउने योजना रहेको समेत बताए । उनले रेनुलाई पुनः भरतपुरमा अगाडि सार्ने संकेत गरे ।

विगतमा पनि भरतपुर पुगेर उनले रेनुको प्रशंशा गर्दै आएका छन् । भरतपुरमा देशभरमा सबैभन्दा बढी विकास भएको दाबी गर्दै विकास हेर्न भरतपुर आउन समेत भने । उनले रेनुको लोकप्रीयता बढेको र देशभित्र मात्र नभई विदेशमा समेत लोकप्रीय भएको दाबी गरेका थिए ।

‘प्रचण्ड’ले सवैले आ-आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्ने बताएका छन्।

बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको भन्दै सबैले लचिलो हुन सिक्नुपर्ने बताएका हुन्।

‘हामीले चुनावमा पनि गठबन्धन लिएर जाने निर्णय गरिसक्यौं। सवैले आफ आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ। त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव हुँदैन’ प्रचण्डले भने। देशलाई छिटो भन्दा छिटो समाजवादउन्मुख राज्यतर्फ लैजान मिलेर जान आवश्यक रहेको उनको भनाइ थियो।

यस्तै प्रचण्डले यसपल्ट धेरै महिलालाई मेयर र उपमेयर बनाउने चाहना रहेको बताएका छन्। बुधबार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने कार्यक्रम अन्तर्गत चितवन पुगेका उनले भरतपुर महानगरपालिकाको उदाहरण दिँदै यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस