Latest News

मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

Nepalese Times April 6, 2022 (11 Month ago)    481 Views

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन्।

हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो। मन्त्रालयका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय श्रोतले बताएको छ।

युवा स्वरोजगार सम्बन्धि कार्यविधि माथि छलफल भईरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको श्रोतले बताएको छ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए

प्रतिक्रिया दिनुहोस