Latest News

महन्थ ठाकुरको कस्तो छ स्वास्थ्य अवस्था ? हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइयो

Nepalese Times April 6, 2022 (1 Year ago)    568 Views

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्। पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवा आइपुगेका अध्यक्ष ठाकुर विहान ८ बजे अचानक अस्वस्थ भएका थिए। उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल पुर्‍याइएको थियो।

रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलेले हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको बताए। भैरहवाबाट उहाँलाई काठमाडौं लगिएको छ । उनलेभने । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेको र नियमित उपचार गराइरहेको उनी निकट नेताहरुले बताएका छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

मंगलबार विमानबाट भैरहवा पुगेको ठाकुर आफ्नो टोलीसहित नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवा फर्किएका थिए।

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गर्ने गरि भैरहवाबाट हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेता ठाकुरका आफन्तले बताएका छन्।

अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस