Latest News

धनगढीबाट उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण

Nepalese Times April 6, 2022 (2 Year ago)    636 Views

काठमाडौं – काठमाडौंका लागि धनगढी विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ। जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको हो ।

बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो ।

सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ

प्रतिक्रिया दिनुहोस