Latest News

कस्तो रहला आजको मौसम ?

Nepalese Times April 6, 2022 (2 Year ago)    555 Views

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस