Latest News

प्रकाशमानकी श्रीमती सिर्जना सिंहलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने निर्णय !

Nepalese Times April 6, 2022 (2 Year ago)    4781 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट आकांक्षीहरु धेरै देखिएका छन् । यसैक्रममा सिर्जना सिंहको नाम फेरि एकपटक चर्चामा आएको छ ।

महानगरको मेयरमा ०४६ सालको आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी बुहारी तथा नेपाली कांग्रेसको महामन्त्रीसमेत भइसकेका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहपत्नी सिंहको नाम आएपछि धेरैको ध्यान तानिएको छ ।

नेपाल महिला संघ काठमाडौंले उनलाई मेयरको उमेदवारमा अघि बढाउन पार्टीलाई दबाब दिने निर्णयसमेत गरिसकेको छ । उक्त निर्णयसँगै सिर्जना सिंहको चर्चा बढेको हो ।

नेपाल महिला संघ काठमाडौंले बैठक नै गरेर सिर्जना सिंहलाई मेयरमा उठ्न अनुरोध गर्दै उमेदवार बनाउन पार्टीलाई पनि अनुरोध गर्ने निर्णय गरेको छ । त्यही निर्णयमा संघले कम्तिमा ३३ प्रतिशत अध्यक्ष र प्रमुख तथा वडाध्यक्षमा महिलालाई नै अघि सार्ने निर्णय पनि गरेको छ ।

यस्तै महिला संघले नगरपालिकको प्रमुख र वडाध्यक्ष तथा गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा पनि ३३ प्रतिशत महिलालाई उमेदवार बनाउन प्रस्ताव गर्ने निर्णय गरेको महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनीले बताइन् ।

त्यही बैठकमा काठमाडौं महानगरलाई पनि ‘फोकस’ गरेर निर्णयको प्रस्ताव उठेपछि संघले अर्को निर्णय गरेको हो ।

“मैले नै प्रस्ताव गरेर नगरपालिकाको प्रमुख र गाउँपालिकाको अध्यक्ष तथा वडाध्यक्षमा ३३ प्रतिशत महिला उठाउन प्रस्ताव गर्ने र अभियान संचलन गर्ने प्रस्ताव गरेँ । त्यही बैठकमा काठमाडौं महानगरपालिका केन्द्रित भएर पनि विषयहरु उठे,” पुडासैनीले निर्णयको पृष्ठभूमि केलाउँदै भनिन्, “त्यहाँ काठमाडौं महानगरपालिकाको नेतृत्वमा पनि महिलालाई नै उठाउने कुरा भयो । हाम्रो प्रमुख सल्लाहकार सिर्जना सिंह हुनुहुन्थ्यो उहाँलाई नै उमेदवार बनाउन उचित हुने प्रस्ताव आएपछि हामीले निर्णय ग¥यौं ।”

पुडासैनीले सिर्जनाको राजनीतिक योगदान रहेको भन्दै उनलाई नै अघि बढाउँदा उपयुक्त हुने धारणा राखिन् । समाजिक सञ्जाल ट्विटरमा सक्रिय स्रिहले चैत २ गते यस्तै आसयको ट्विट गरेपछि थप तरंग ल्याएको कतिपयको धारणा छ ।

‘मेयरको धेरै चर्चा भयो, काठमान्डुमा धेरै मेयर भए, पिएल सिंहको पालामा मात्र केही सुधार भए, सिंहले लेखेकी थिइन्, ‘अब बाँकी सुधार गर्न महिला मेयरको माग राखौं । पुरूष मेयर धेरै हेर्यौँ अब महिला मेयर हेरौँ÷रोजौँ । सोच बदलौँ । काठमान्डुको मुहार बदलौँ ।व्यवस्थित सहर बनाऔँ । जय काठमान्डु, जय नेपाल ।’

हालकी ऊर्जामन्त्री तथा माओवादी नेतृ पम्फा भुषाललाई हराएर शंकरदेव क्याम्पसको कोषाध्यक्ष बनेकी सिर्जनाले ०३७ सालमै नेपाल महिला संघ गोरखाको सभापति भएर काम गरिसकेकी थिइन् । त्यसअघि महाबौद्ध क्याम्पसको नेविसंघ एकाई सभापतिसमेत बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस