Latest News

काठमाडौंको मेयरमा उम्मेदवारी दिने भुवन केसीको घोषणा, पार्टीले गर्यो यस्तो निर्णय

Nepalese Times April 6, 2022 (2 Year ago)    805 Views

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने घोषणा भएको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय भएको उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

पछिल्लो समय कलाकाहरु विभिन्न पार्टीमा आबद्ध भइ चुनावी तयारी गरिरहेका छन् । केही समयअघि अभिनेतृ करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस