Latest News

काठमाडौ महानगरको मेयरमा नायक भुवन केसीले उम्मेदवारी दिने

Nepalese Times April 5, 2022 (1 Year ago)    903 Views

काठमाडौं । नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ ।

केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ ।

केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे कुरा बढाएका थिए । तर, सकारात्मक जवाफ नआएपछि उनी अन्य दलहरुसँग छलफलमा रहेको विश्वस्त स्रोतले बताएको छ ।

काठमाडौको रैथाने भुवन केसी विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक थिए । पछि नेकपा एमालेसँग नजिकिए । पछिल्लो समय उनी काठमाडौंको मेयर उठ्ने तयारीका साथ परामर्शमा लागेका छन् ।

यस्तै स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पार्टी प्रवेशको क्रमले तिब्रता पाएको छ । त्यसमा पनि कलाकारहरु पार्टी प्रवेश गर्ने क्रम बढेको छ ।

केही दिनअघि कलाकार एवम् अभिनेतृ करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । त्यसको केही दिनमा नै कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ र मनिष कोइराला राप्रपा प्रवेशको तयारीमा छन् ।

यस्तै चर्चित अभिनेता निखिल उप्रेती पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । यसअघि हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चामा रहेका उनी केही दिनमै राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ ।

हिन्दू राष्ट्र र एकीकृत नेपालको नारा राप्रपासँग मेल खाने र उदेश्य एउटै भएकोले यो मुद्धामा सहमत हुने सबै एकताबद्ध हुनुपर्ने निर्णयसहित उनी राप्रपा प्रवेशको तयारीमा रहेका हुन् ।

केही महिनाअघि मात्रै पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई अभिनेता निखिल उप्रेतीले घोषणापत्र पढेर सुनाएका थिए । यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको भनिएको थियो ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत रहेका थिए । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउने प्रयास भएको थियो । तर कोइरालासमेत राप्रपामा जाने तयारी भएसँगै अभिनेता उप्रेतीसमेत राप्रपा प्रवेश गर्ने तयारी भएको हो ।

यस्तै अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस