Latest News

एमाले र विप्लव समूहबीच चुनावी तालमेल, थाले यस्तो तयारी

Nepalese Times April 5, 2022 (1 Year ago)    444 Views

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहकार्यबारे छलफल सुरु भएको छ ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै एमाले र विप्लव समूहका नेताहरुबीच छलफल सुरु भएको हो ।

धनगढीमा भएको छलफलमा दुवै दल आपसमा सघाएर अघि बढ्न सकारात्मक भएका छन् । हिलो चरणमा भएको छलफल सकारात्मक भएको एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

छलफलमा एमाले प्रदेश अध्यक्ष भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए ।

पहिलो चरणमा बसेर छलफल भएको र जो जहाँ बलियो छ, उसलाई सघाउने गरी छलफल भएको एमाले अध्यक्ष भण्डारीले बताए । उनले भने,‘ आ–आफ्नो पार्टीको अवस्था र जित्ने आधार लिएर फेरि बस्ने सहमति भएको छ ।’

एमालेसँगको सहकार्य सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पुनले पनि प्रतिक्रिया दिए ।

राष्ट्रवादी शक्तिहरूलाई सघाउने पार्टीको रणनीति रहेको भन्दै पुनले अगामी निर्वाचनमा तालमेल गरेर जाने कुरा भएको बताए । उनले भने, हाम्रो जनधार भएको ठाउँमा स्वतन्त्र उम्मेदवार उठाउँछौँ । उहाँहरूले हामीलाई र हामीले उहाँहरूलाई सहयोग गर्ने कुरा भएको हो ।’

उनले बझाङ, दार्चुलाको केही क्षेत्र बाजुरा, कैलाली कञ्चनपुर र डडेल्धुरामा जनधार बलियो भएको दाबी गरेका छन् ।

वार्ता टोलीमा अध्यक्ष भण्डारीसहित उपाध्यक्ष कमल तिमिल्सेना, सचिव धर्मराज पाठक उपसचिवहरू भागरथी विष्ट र बलदेव रेग्मी छन् ।

प्रतिक्रिया दिनुहोस